Logo

बिजनेस होम

राधी विद्युत् कम्पनीको बोनस सेयर फ्रिज


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौं ।

राधी विद्युत् कम्पनी लिमिटेडको बोनस सेयर फ्रिज हुने भएको छ । सोमबार सूचना जारी गर्दै कम्पनीले सम्बन्धित शेयरधनीहरुले कर नतिरेसम्मका लागि ३६ दशमलव ५ प्रतिशत सेयर फ्रिज हुने बताएको छ ।

कम्पनीको गत असार २९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर भदौ २ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराइसकेको छ । शेयरधनीहरुले हितग्राही खातामा कर वापतको रकम बुझाइसकेपछि मात्र बोनस सेयर जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, कम्पनीले बैंक अफ काठमाण्डूको कमलपोखरीमा रहेको खाता नम्बर ०१०००००६३५१७५२४ मा कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह