Logo

बिजनेस होम

पाँचौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला सम्पन्न, ११ सय ३० सामग्री प्रदर्शन


GDP नेपाल
   २२ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

महिला उद्यमी महासंघको पाँचौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला सम्पन्न भएको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यममार्फत् सञ्चालन भएको मेला सोमबार सम्पन्न भएको हो ।

मेलामा २४ वटा जिल्लाका महिला उद्यमीद्वारा उत्पादित ११ सय ३० वटा सामग्री प्रदर्शन गरिएको थियो । मेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल एक लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

महासंघले ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्तर्राष्ट्रिय व्यापार मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरूले आफ्ना उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्राप्त गरेको बताएका छ ।

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह