Logo

राजनीति

कांग्रेस सडकबाट ब्याक नहुने, एजेन्डा-सभामुख र उपसभामुख अलग पार्टीको


appharu
   ११ श्रावण २०७५, शुक्रबार


काठमाडौं । डा. गोविन्द केसीको अनसनलाई सफल बनाउन सडकबाट निर्णायक भूमिका निर्वाह गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तत्काल सडकबाट ब्याक नहुने भएको छ ।

कांग्रेसले संविधानविपरित प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाहरुमा सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै यसलाई सच्याउन दबाब दिन सडक आन्दोलन जारी राख्ने भएको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार भरतपुमा पनि सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने स्पष्ट पारेका छन् । संविधानको अक्षरसः पालनाका लागि सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्ने आफूहरुको माग रहेको देउवाको भनाइ छ ।

देउवाले प्रा. डा. गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए ।
डेमोक्रेटिक लयर्स एसोसिएसनको शनिबार गैंडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उदघाटन गर्न पुगेका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै आन्दोलनको विकल्प नभएकोबताए ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह