Logo

Banner-news

निजी क्षेत्रलाई संविधान दिवसमा उच्च सम्मान, ४० व्यवसायीलाई पदक !


GDP Nepal
   ३ आश्विन २०७८, आइतबार


काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा राजनीतिकर्मी र सामाजिक व्यक्तित्वहरुले पदक प्राप्त गर्ने सूची प्रकाशित भएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान मानपदवी, अलङ्कार र पदकको सूची आइतबार सरकारी सञ्चारमाध्यम गोरखापत्रमा प्रकाशित गरिएको छ ।

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पदक पाउने सूचीमा निजी क्षेत्रको उल्लेख्य संख्या रहेको छ । जसमध्ये सातौं ठूलो पदवी मानिएको सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित हुने व्यवसायीहरुमा मिडिया व्यवसायीद्वय कान्तिपुरका कैलाश सिरोहिया र अन्नपूर्णका रामेश्वर थापा रहेका छन् ।

यस्तै सुकीर्तिमय राष्ट्रदीप पाउने अन्य व्यवसायीमा एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, चेम्बरका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, मारबाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल रहेका छन् । गोयलले भने व्यवसायीका तर्फबाट नभइ समाजसेवीका हैसियतमा यो पदक पाएका हुन् ।

आठौं विशिष्ठ पदक मानिएको सुप्रवल जनसेवाश्री प्राप्त गर्ने व्यवसायीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका छन् । गोल्छा र अग्रवाल दुवैले महासंघ र परिसंघ अध्यक्षका रुपमा पदवी पाएका हुन् ।

सुप्रवल जनसेवाश्री व्यवसायीकै हैसियतमा पाउनेहरुमा उद्योगी राजेन्द्रकुमार खेतान, शिवरतन शारदा, ध्रुवकुमार श्रेष्ठ र साहिल अग्रवाल रहेका छन् ।

दशौं विशिष्ठ पदक मानिएको प्रवल जनसेवाश्री प्राप्त गर्ने व्यवसायीहरुमा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड, वीरगन्जका व्यवसायी सञ्जयकुमार खेतान, सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी तथा पर्यटन व्यवसायी राजु ढकाल लगायत रहेका छन् ।

यस्तै, व्यवसायीहरु अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल तथा बैंकरहरु उपेन्द्र पौड्याल र रविना देशराज श्रेष्ठ एवं बिमकहरु सुनिल बल्लभ पन्त र दीपप्रकाश पाण्डेले पनि सुप्रवल जनसेवाश्री पदक पाउने भएका छन् ।

पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, युवा उद्यमी सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, व्यवसायीहरु देवकिसन मुन्दडा, एफएनसीसीआई लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गर्ने भएका छन् ।

जनसेवाश्री पदक पाउने व्यवसायीको सूचिमा राधेश्याम हलुवाई, धुलिखेल लज एन्ड रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजु श्रेष्ठ, साना उद्योगी व्यवसायी सागर थापा, बैंकर दिलप्रकाश भट्ट, सहकारी अभियन्ता चन्द्र ढकाल, कृषि व्यवसायी अम्मर बहादुर बानियाँ, उद्योगी कमल किशोर मालपानी, यादवसिंह कार्की, व्यवसायी राजेन्द्र मल्ल, चुन्नप्रसाद पौडेल र नरिश्वर शर्मा रहेका छन् ।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह