काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि अमेरिका पुगेका चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले सोमबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । दुई दर्जन शुभेच्छुकसहित राष्ट्रसंघ मुख्यालय न्यूयोर्कअघि प्रदर्शन गरेका डा. केसीले मंगलबार पनि यसलाई निरन्तरता दिँदैछन् ।
विश्व शान्ति दिवसको अवसरमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने भन्दै गत साता उनी अमेरिका गएएका हुन्। आफ्ना शुभेच्छुक शिव प्रकाशका साथ अमेरिका गएका केसीको प्रदर्शनमा शिवप्रकाश सहितका उनका शुभेच्छुक सक्रिय सहभागी थिए ।
विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने उनको कार्यक्रम छ ।
प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ्य र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराएको छ ।
सोलिड्यारिटी फर डा. केसी एलाइन्सको आयोजनामा सो प्रदर्शन हुन लागेको हो ।
तस्बिरः शिव प्रकाशको फेसबुकबाट
प्रतिक्रिया