काठमाडौँ ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से बढेको छ। नेप्से १३.८३ अंकले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३, होटल तथा पर्यटन ७६, विकास बैंक २७, जलविद्युत २२, निर्जीवन बीमा ७२, अन्य १३, माइक्रोफाइनान्स १४, जीवन बीमा १९९ र लगानी समूह १ अंकले बढेका छन् । त्यस्तै, ब्यापार ५०, फाइनान्स १८ र उत्पादन समूह १९ अंकले घटेका छन् ।
आज दुई सय २३ कम्पनीको एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया