Logo

बिजनेस होम

एनआरएनलाई लालबाबु काठमाडौंमा गाली गर्ने, परराष्ट्रमन्त्री लक्जेम्बर्ग गएर माफी माग्ने


appharu
   १४ श्रावण २०७५, सोमबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डित गैरआवासीय नेपालीप्रति निकै असहिष्णु छन् । ग्रीनकार्ड र पीआरबाहक नेपालीहरुलाई कुनै पनि सुविधा दिननहुने उनको अडानका कारण नेपालका ‘राष्ट्रवादी’माझ उनी लोकप्रिय पनि छन् ।

तर, केपी ओली सरकाकार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पण्डितको भनाइप्रति सार्वजनिक रुपमै माफी मागेका छन् । उनले संविधानमै गैरआवासीय नेपालीको सुविधा सुनिश्चित गरिएको र त्यसलाई जिम्मेवार व्यक्तिहरुमध्ये कसैले कटौती गर्ने भनेकोमा पनि माफी मागेका छन् ।

मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघको ११ औं युरोप क्षेत्रीय बैठक तथा नवौं युरोपेली क्षेत्रीय महिला बैठकको उद्घाटन गर्दै यो धारणा राखेका हुन् ।
त्यसो त केही महिना पहिले केपी ओली सरकारकै अर्का मन्त्री रवीन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) ले पनि मन्त्री पण्डितसँग पूरै असहमति जनाएका थिए । अमेरिकाको कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै उनले भनेका थिए– नेपाली सँधै नेपाली नै हुन्छ, भुतपूर्व वा वर्तमान भन्ने हुँदैन ।
मन्त्री पण्डित कर्मचारीसँग मात्र नभइ गैरआवासीय नेपालीप्रति उत्तिकै आक्रामक छन् । विगतमा दोहोरो नागरिकतासम्बन्धी कानुन निर्माण हुँदै गर्दा उनले बारम्बार एउटै कुरा दोहो¥याउँदै आएका थिए– कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउँछ ।

तर, परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीहरूलाई संविधानले प्रत्याभूत गरेका सबै सेवासुविधा कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । उनले नागरिकतासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सरकार दृढ रहेको उल्लेख गरे । नेपालको आर्थिक क्षेत्रमा योगदान गरिरहेको भन्दै गैरआवासीय नेपालीहरूको हक अधिकार सुरक्षित गरिने बताए ।
एनआरएनहरूको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभूत गरेकाले त्यसलाई कटौती नगर्ने उनको भनाइ छ । निकै लामो छलफल पश्चात गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्था गरिएको उल्लेख गर्दै उनले भने, “यो कटौती हुन्छ कि अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुुस्, कोही जिम्मेवार व्यक्तिले कटौती गर्ने भन्नुुभएको रहेछ भने पनि म क्षमा चाहान्छु ।”
‘युरोपेली एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी’ भन्ने मूल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित बैठकको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री क्लाउडे मेइस, संघका अध्यक्ष भवन भट्ट, युरोप संयोजक शिव वरुवालले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको उल्लेख गरे । संविधानले हाललाई उक्त व्यवस्था गरेको छैन तर संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्न कानुन बनाउन प्रतिवद्ध रहेको पनि उनको धारणा थियो ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह