Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा हरियाली, १०४ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

बुधबार सेयर बजारमा हरियाली छाएको छ ।

नेप्से आज १०४ दशमलव ८८ अंकले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत १६९.४४, फाइनान्स २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, माइक्रोफाइनान्स १७०.७३, जीवन बीमा ५५१.७५ र लगानी समूह ३.८९ अंकले बढेका छन् । 

प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ।  

आज दुई सय १७ वटा कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह