काठमाडौँ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष, वरिष्ठ नेता, नेतासहित ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिव पदाधिकारीको टुंगो लगाएको हो ।
सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । त्यस्तै, वेदुराम भुसाल महासचिव भएका छन् भने गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला उपमहासचिव भएका छन् ।
नेकपा एसका पदाधिकारी :
अध्यक्ष- माधवकुमार नेपाल
वरिष्ठ नेता- झलनाथ खनाल
नेता- मुकुन्द न्यौपाने
उपाध्यक्ष- राजेन्द्र पाण्डे
उपाध्यक्ष- प्रमेश हमाल
उपाध्यक्ष- घनेन्द्र बस्नेत
उपाध्यक्ष- केदार न्यौपाने
उपाध्यक्ष-केशवलाल श्रेष्ठ
उपाध्यक्ष-धर्मनाथप्रसाद साह
उपाध्यक्ष- जयन्ती राई
महासचिव- डा. बेदुराम भुसाल
उपमहासचिव- डा. गंगालाल तुलाधर
उपमहासचिव- डा. विजय पौडेल
उपमहासचिव- प्रकाश ज्वाला
सचिव- नागेन्द्रप्रसाद चौधरी
सचिव- रामकुमारी झाँक्री
सचिव- राजेन्द्रकुमार राई
सचिव- जगन्नाथ खतिवडा
प्रतिक्रिया