Logo

बिजनेस होम

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश वितरण गर्ने


GDP Nepal
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौ । कुमारी बैंक लिमिटेडले लाभांशको घोषणा गरेको छ । बैंकले ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफा बाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

हाल उक्त बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८ सय ३६ रुपैयाँ रहेको छ। ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ पुग्नेछ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह