Logo

मुख्य समाचार

महासंघ–परिसंघप्रति अर्थशास्त्रीको कटाक्षः दाताको पैसाले संस्था चलाउनेसँग के अपेक्षा गर्नु ?


GDP Nepal
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौं । अर्थशास्त्री डा. उमाशंकर प्रसादले नेपालको निजी क्षेत्र संस्थागत बन्न नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका अर्थशास्त्री प्रसादले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले विदेशी दाताको परियोजना सञ्चालन गरिरहेको भन्दै कटाक्ष गरेका हुन् ।

निजी क्षेत्र आफैं बलियो बन्न नसकेको तथा विदेशी सहायताको खोजी गर्दै हिँडेको उल्लेख गर्दै उनले यसबाट उत्पादनमूलक अर्थतन्त्रमा यसबाट योगदानको अपेक्षा पूरा हुन नसकेको टिप्पणी गरेका हुन् ।

फ्रेडरिक इबर्ट स्टिफङले मंगलबार राजधानीमा आयोजना गरेको ‘इकोनोक्रेसी’सम्बन्धी अन्तक्र्रियामा त्रिभुवन विश्वविद्यायलका सहप्राध्यापक समेत रहेका अर्थशास्त्री प्रसादले निजी क्षेत्र संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

महासंघ, परिसंघ लगायतका निजी क्षेत्रका संस्थामा हाल संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), जर्मन सहयोग संस्था (जीआईजेड), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका विभिन्न दातृ निकायका दर्जनौ परियोजना सञ्चालनमा रहेका छन् ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह