Logo

राजनीति

साढे ३३ किलो सुन प्रकरणमा सत्ताधारीकै संलग्नताः नयाँ शक्ति


appharu
   १६ श्रावण २०७५, बुधबार


काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले साढे ३३ केजी सुन प्रकरणको अनुसन्धानलाई प्रधानमन्त्री तहबाटै रोक्न लगाउनु र त्यसको खण्डन पनि नहुनुले सत्तामा बस्नेहरु नै यसमा संलग्न रहेको आशंका उत्पन्न भएको जनाएको छ ।

पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संगठित तस्करी र त्यसको ढाकछोप गर्न भएको हत्याले ठूला माछा जालमा पर्लापर्लाजस्तो देखिएको अवस्थामा अनुसन्धान प्रक्रिया नै रोकिएकोप्रति हामी खेद व्यक्त गर्दछौं ।’

यस्तै, बहालवाला मन्त्री नै सिण्डिकेटको अन्त्यको विरोधमा देखिनुले राज्यमा दलाल, माफीयाहरुको बोलवाला छ भन्ने कुरा पुष्टि भएको पनि नयाँ शक्तिले ठहर गरेको छ ।

पार्टीद्वारा जारी विज्ञप्तीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानविन गर्नुपर्ने, ठेकेदारमाथि कारबाही गर्नुपर्ने, सुनकाण्डको छानबिनलाई तत्काल निश्कर्षमा पुर्याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मुल्यबृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानविन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।

यसैबीच, नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् । रिपोर्टर्स क्लबमा बुधबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक धमलाले सर्वहार वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाहरुको कब्जामा रहेको दाबी गरेकी छिन् ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह