Logo

मुख्य समाचार

आँखुखोला हाइड्रो सुमार्गीले बनाउने, सिटिजन्स बैंकको अगुवाईमा पाँच बैंकको लगानी


GDP Nepal
   १३ आश्विन २०७८, बुधबार


काठमाडौं । धादिङको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा रहेको धादिङ आँखुखोला जलविद्युत् परियोजना व्यवसायी अजेयराज सुमार्गीले निर्माण गर्ने भएका छन् ।

३८ मेगावाट क्षमताको माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लि. को अगुवाईमा पाँच बैंकले लगानी गर्ने भएका छन् । मंगलबार भएको सम्झौताअनुसार नेपाल एस.बि.आइ बैंक लि, नेपाल बङ्गलादेश बैंक लि, मेगा बैंक नेपाल लि., र सिभिल बैँक लिले लगानी गर्ने भएका हुन् ।

वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा मंगलबार प्रवद्र्धक र बैंकहरुबीच हस्ताक्षर भएको छ । परियोजनाको अनुमानित लागत करीब रु. ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ र २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रत्रृmया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जजनाइएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह