नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नयाँ शाखा प्रदेश नं। २ स्थित बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा विस्तार भएको छ ।
असोज २२ गते एक समारोहबीच बैंकको ८८ औँ शाखा कार्यालयको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरेको थिए ।
बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिम्रौनगढ शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले सेवा विस्तार गरिरहेको बताएको छ ।
स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंन्किंग सेवाहरु प्रदान गरिरहेको बैंकको हालसम्म ८८ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरू रहेका छन् ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५/ २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
प्रतिक्रिया