Logo

कर्पोरेट-बजार

रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपालको अध्यक्षमा संघर्ष विष्ट निर्वाचित


GDP नेपाल
   २२ चैत्र २०८०, बिहिबार


काठमाडौं । रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेबान)को अध्यक्षमा संघर्ष विष्ट निर्वाचित भएका छन् । बुधबार सम्पन्न रेवानको ३४ औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनले विष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

रेवानको प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्ष पोखराबाट लक्ष्मण बराज, क्षेत्रगत उपाध्यक्ष सौराहबाट नरेश गिरी, महासचिव शरदकुमार दाहाल, कोषाध्यक्ष विप्लव भट्ट, सचिव सचिन कर्माचार्य, सहकोषाध्यक्ष उद्धव ढकाल निर्वाचित भउका छन् ।

त्यस्तै, सदस्यमा अनुपलाल कक्षपति, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तेजस सुन्दरलाल कक्षपति, रितेज श्रेष्ठ र डोलबहादुर थापा सारु, एकराज अधिकारी र देवेन्द्र गिरि निर्वाचित भएका छन् ।

यस्तै, निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी स्वत सदस्य हुने व्यवस्था रहेको छ । रेवान पोखराबाट सदस्यमा नरेश भट्टराई, रेवान सौराहबाट धुब्र गिरि, रेवान बन्दिपुरका जितेन्द्रलाल भुमी र रेवान चितवनका अच्युत भट्ट चयन भएका छन् ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह