काठमाडौँ ।
नेपाल बंगलादेश बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको ३७५औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ।
प्रतिक्रिया