Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न


GDP नेपाल
   २४ आश्विन २०७८, आइतबार


महालक्ष्मी विकास बैंक लिमिटेडको कलैया शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राङगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकिय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी साङगितिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारीहरु र स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

देशभर १०३ वटा शाखाहरु मार्फत बंैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझैँ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह