Logo

बैंक / बिमा /शेयर

निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन, ८ प्रतिशत बोनस सेयर दिने


GDP नेपाल
   २५ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । निफ्राले ८ प्रतिशतका दरले बोनस सेयर दिने भएको हो ।

यसअघि ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको उक्त बैंकको नगद लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको थियो । बोनस सेयर वितरण गरेपछि निफ्राको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँले २१ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ । कर प्रयोजनका लागि बैंकले ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । केही समयअघि मात्रै बैंकले ८ अर्ब रुपैयाँको आईपीओ सर्वसाधारणमा वितरण गरेको थियो ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह