काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालीहरुको महान चाड विजया दशमी २०७८ को अवसरमा आकर्षक क्यासब्याक सेवा सुरु गरेको छ ।
यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ एप्लिकेशनमार्फत दक्षिणा दिन असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAINDAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्वित गर्दै आएको छ ।
प्रतिक्रिया