काठमाडौं ।
सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते साधारण सभा बोलाएको छ ।
हाइड्रोपावरले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुने बताइएको छ । सभामा लगानीकर्ता भर्चुअल माध्यम वा भौतिक रुपमा पनि सहभागी हुन सक्नेछन् ।
सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
प्रतिक्रिया