काठमाडौँ ।
दम बढेसँगै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । शनिबार अस्पताल भर्ना भएका उनलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार अस्पताल पुगेका हुन् ।
अस्पताल पुगेका प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाबारे बुझेका छन् । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएका छन् । दाहालसँगै स्थायी कमिटी सदस्य मातृका यादव पनि अस्पताल पुगेका थिए ।
प्रतिक्रिया