Logo

बिजनेस होम

आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट एम्प्लोयर ब्राण्ड अवार्ड


GDP Nepal
   ३ कार्तिक २०७८, बुधबार


काठमाडौँ– आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई विश्व एचआरडी कंग्रेसले एसियाको उत्कृष्ट एम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मान गरिएको छ।

भारतको मुम्बईमा आयोजित कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले Employee Branding Institute, World HRD Congress and other Strategic Partners हरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण ग्राहक, शेयरधनीहरु, कर्मचारीहरु, नियामक निकायहरुलगायत सबैमा कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेका थिए।

उनले उक्त सम्मानबाट कम्पनीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे। डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने उनको भनाइ छ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह