Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकबिरुद्ध मलेसियन म्याक्स मनी, ३ अर्ब बिगो दाबीमा कति सत्यता ?


appharu
   ३० श्रावण २०७५, बुधबार


काठमाडौं । मलेसियाको म्याक्स मनीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन बैंकले झुटो विवरण पेश गरी ३ अर्बभन्दा बढी रकम भुक्तानी लिएको दाबी गर्यो ।

म्याक्सले ३ अर्ब हिनामिना गरेको दावी गरिरहँदा हिमालयनले भने झन्डै ५० करोड रुपैयाँ म्याक्सबाटै भुक्तानी पाउन बाँकी रहेको र त्यो नतिर्न म्याक्सले अनेकौं बहाना गरिरहेको जिकिर गरेको छ ।

म्याक्स मनी आफैं मलेसियाली कामदारले पठाएको रेमिट्यान्स उतै राखेर नेपालमा नपठाएको आरोपमा विवादित कम्पनी हो । म्याक्सले नेपाली कामदारको पैसा अन्तै लगानी गरेर नेपालमा पठाउन ढिला गर्दा नेपालमा रेमिट्यान्स भुक्तानीमा समेत समस्या पर्दै आएको छ ।

म्याक्सले उल्टै हिमालयन बैंकले नक्कली कागजात पेश गरेर ३ अर्ब रुपैया बढी भुक्तानी लिएको भन्दै बिगो दाबी गरेको छ । तर, म्याक्सलाई नजिकबाट चिन्ने कम्पनीहरु भने उसले पुरानो बक्यौता नतिर्न यस्तो प्रोपोगाण्डा मच्चाएको बताउँछन् ।
म्याक्सका अनुसार सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरी ३ अबर्व बढी रकम भुक्तानी लगेको छ । यसका लगानीकर्तामध्येका एक अब्दा हमिदले राष्ट्र बैंकमा आफूले यसका बारेमा निबेदन दिएको बताए । उनले आफूहरु अदालतमा जानेसमेत बताए ।

म्याक्सले हिमालयनका उच्च अधिकारीहरु प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जबरालगायत उज्जवलराज भण्डारी, अनन्तराज भण्डारी, यूमा श्रेष्ठ, सन्तोष पराजुलीलगायतको नामै किटेर यसमा संलग्न रहेको आरोप लगाएको छ ।
तर, म्याक्सको नियतमै खोट देखिएको र उसबाट हिमालयन बैंकसँगै अन्य कम्पनीहरुसमेत पीडित रहेको बताइनछ ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह