Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकले भन्योः म्याक्समनीले षडयन्त्र गर्दैछ


appharu
   ३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । हिमालयन बैंकले कीर्ते कागजात पेश गरी ३ अर्ब बढी भुक्तानी लिएको मलेसियाली कम्पनी म्याक्समनीको दाबी खण्डन गर्दै बैंकले आफूहरुले लिनुपर्ने ठूलो रकम नतिर्ने षडयन्त्र भइरहेको जनाएको छ ।

बैंकले बुधबार विज्ञप्तिमार्फत म्याक्समनी एसडीएनवीएचडीलाई तिर्न बाँकी रकम यथाशीघ्र भुक्तानी गर्न आग्रह गरेको छ । यस्तै, म्याक्समनीले कपोलकल्पित, भ्रामक, आधारहीन र अतिरञ्जनापूर्ण आरोप लगाएकोमा खेद पनि प्रकट गरेको छ ।

विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्समनी एसडीएनवीएचडीसँग हिमालयन बैंकले ठूलो रकम भुक्तानी लिनुपर्ने छ भन्दै बैंकले आफूले भुक्तानी पाउनुपर्ने रकम असुल गराउन पटक–पटक आग्रह गरेपछि उक्त कम्पनी नै बैंकविरुद्ध आरोपमा उत्रिएको दाबी गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा मलेसिया गएकाहरूको सुविधालाई ध्यानमा राखी हिमालयन बैंक र म्याक्समनी कम्पनीबीच सन् २००८ मा नेपालमा विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको थियो ।
सम्झौताअनुसार नेपालीले कमाएको रकम मलेसियास्थित म्याक्समनीमार्फत नेपालमा पठाइने रकम बैंकले निजका परिवार एवं आफन्तजनलाई नियमितरुपमा भुक्तानी गरेको थियो । तर रकम भुक्तानीपछि बैंकले भुक्तानी बराबरको रकम उक्त कम्पनीसँग भएको सम्झौताबमोजिम नै त्यसको शोधभर्नाका लागि पटकपटक ताकेता गर्दा रकम नपठार्ई उल्टै बैंकलाई बदनाम गर्ने दुस्प्रयास गरेको बैंकले जनाएको छ ।
हिमालयन बैंकले उक्त रकम असुलउपर गर्न दुबै देशका नियमन निकायको समन्वय र सम्पर्कमा रहेको पनि स्पष्ट पारेको छ ।
हिमालय बैंकले सन् २०११ देखि २०१६ सम्म स्वसिर्जित पिन नं. पेस गरी आफ्नो ३ अर्ब रुपैयाँ बैंकले लिएर जालसाजी गरेको भन्ने आरोप दुरासायपूर्ण र भ्रामक रहेको जनाएको छ । पुष्टि हुन सक्ने प्रमाण भए सार्वजनिक गर्न र सरोकारवाला निकायसमक्ष पेस गर्न म्याक्समनीसँग बैंकले आग्रह पनि गरेको छ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह