Logo

बैंक / बिमा /शेयर

अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक


GDP नेपाल
   १ चैत्र २०८२, आइतबार


काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ ।
केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले २८ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी चैत २९ गते भुक्तानी गरिनेछ ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह