काठमाडौँ ।
गणपति लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ ।
संस्थाले पुस १७ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको हो । संस्थाका अनुसार सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको सञ्चाल समितिले निर्णय गरेको २० प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गरिने छ । यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालन मनोनयन गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, पुस ६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया