काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले दुई लघुवित्त वित्तिय संस्थाको लाभांश स्वीकृत गरेको छ ।
बैँकले साना किसान विकास लघुवित्त वित्तिय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत गरेको हो । साना किसानको सञ्चालक समितिले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तले पनि १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
स्वीकृत भएका दुवै कम्पनीकाे लाभांश साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
प्रतिक्रिया