Logo

बैंक / बिमा /शेयर

सुर्या लाइफ इन्स्योरेन्सले डाकयो साधारण सभा


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औँ वार्षिक साधारण सभा ठाकेको छ । कम्पनीले पुस १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस ९ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह