Logo

बिजनेस होम

रेमिट्यान्स ७५५ अर्ब, वैदेशिक रोजगारीमा जाने १० प्रतिशतले घटे


appharu
   ६ भाद्र २०७५, बुधबार


काठमाडौैं । गत आर्थिक वर्ष (२०७४/७५)मा नेपाल भित्रने रेमिट्यान्स ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । तर, वैदेशिक रोजगारीमा जाने कामदार भने घटेका छन् ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ ।

श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।
यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी ८ खर्ब ६४ अर्ब ६७ करोड पुगेको छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह