Logo

मुख्य समाचार

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डन टण्डनलाई संघको अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन हुनुभएको छ । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.) र सञ्जिव पाठक (ए टि टि रेमिट प्रा.लि.), चयन भएका छन् ।

संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा प्रभू मनिट्रान्सफर प्रा.लि. ) मनोनित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको भूमिकाको स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गरेका छन् ।

त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पुर्‍याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्च कदर गरेका छन् । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह