Logo

कर्पोरेट-बजार

मारवाडी समूदायभित्रको विवाद छताछुल्ल, संघाईले धम्क्याएकोे अग्रवालको आरोप


appharu
   ८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । मारवाडी समुदाय आफूहरुबीचको विवाद हतपत्ति सार्वजनिक गर्दैनन् । उनीहरुको समुदायबीच नै कचहरी आयोजना गरेर विवाद सल्टाउने परम्परा गरेका छन् ।
मारवाडी समुदायबीचको विवादलाई मारवाडी सेवा समितिलगायतका निकायमा बसेर पनि समाधान गर्ने प्रचलन छ । तर, सिद्धार्थ ग्यासका २ मारवाडी सञ्चालकबीचको विवादले यो समूदाय नै स्तब्ध बनेको छ ।

सिद्धार्थ ग्यास उद्योग प्रा.लि.का शेयरधनी रमेशकुमार अग्रवालले आफूलाई सञ्चालक समितिकाअध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको गुनासो पोखेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अग्रवालले यस्तो गुनासो पोखेकाहुन् । बिगत छ वर्षदेखि सञ्चालनगर्दै आएको उक्तउद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उननले जनाए ।

आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममाभएको उद्योग अहिले पनि नाफामा रहेको उनको दाबी छ ।

तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाबमाग्दायत्तिकै हडप्न खोजीधम्काएको अग्रवालले आरोप लगाएका छन् ।

अग्रवालले भने, ‘मैले मेरो भागमाभएको हिसाबकिताबचाहियो भनेर अनुनय–बिनयगर्दा उल्टै कम्पनीको नाममाथप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङ्गसमेत भएको छु ।’

अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसोसमेत पोखेका छन् । उनले भने, ‘म आफ्नो शेयरको हिसाबकिताब खोजाई पाउँ भनेर वाण्ज्यि तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य

महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपीग्यास उद्योग एशोशिएसनलगायत अन्य निकायसमक्ष् धाएँ तर कतैबाट न्यायपाईन् ।’
सबै निकायलाई संघाई समूहले आफ्नो प्रभावपारेको बताउँदै अन्तिमविकल्प मिडिया नै भएको जनाउदै अग्रवालले न्यायको लागि सबैसमक्ष अनुरोध गरेका छन् ।

प्रकाशित : ८ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह