Logo

अर्थनीति

ओली सरकारले आठौंपटक पेट्रोलको मूल्य बढायो, खाना पकाउने ग्यासमा पनि विवेक राखिएन


appharu
   २० भाद्र २०७५, बुधबार


काठमाडौं । केपी ओली नेतृत्वको दुई तिहाईको सरकारले अन्ततः आठौं पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सरकार गठन भएपछि जनतालाई सुशासन र समृद्धिको सपना बाँडेको सरकारले पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाएर मूल्य समायोजनको विकल्प हुँदाहुँदै फेरि मूल्य बढाएको छ ।

यहाँसम्म कि जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको खाना पकाउने एलपी ग्यासमा पछिल्लो २ वर्षदेखि मूल्य स्थिर रहे पनि सरकारले प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाइएको छ ।
आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३ ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह