Logo

राजनीति

प्रधान न्यायाधीशविरुद्धको महाभियोग संसदमा पेश


GDP Nepal
   २९ फाल्गुन २०७८, आइतबार


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्मा पेस भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

संसद्मा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका सचेतकहरू प्रस्तावक र ९५ सांसदको समर्थनमा जबराविरूद्ध यही फागुन १ गते महाअभियोग प्रस्ताव अघि बढाइएको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम माओवादी केन्द्रका सचेतक गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेर लगाइएको महाअभियोग प्रस्ताव सोही नियमावलीको नियम १६१ को उपनियम ९५० बमोजिम संसद् बैठकमा प्रस्तुत गरिएको हो ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह