Logo

बिजनेस होम

प्रचन्डका ठेकेदार घरबेटीलाई कारबाही माग गर्दै स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन


appharu
   १२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)का घरबेटी शारदाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले कलंकी–नागढुंगा सडक बन्द गराएका छन् ।

कलंकी–नागढुंगा सडक निर्माणको ठेक्का लिएर लामो समयदेखि अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
स्थानीयले अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा बादलले अधिकारीको संरक्षण गरेको आरोप लगाएका छन् ।

अत्याचार धेरै भएको भन्दै नाराबाजी गर्दा यातायात ठप्प भएको छ । उनीहरुले आफूहरु बरु सहिद हुन तयार रहेको तर अधिकारीलाई कारबाही हुनैपर्ने माग राख्दै आएका हुन् ।

शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारी तत्कालीन माओबादीको बलमा छोटो समयमै ठूला निर्माण व्यवसायीका रुपमा स्थापित भएका छन् । नेकपा अध्यक्ष दाहालनिकट अधिकारी नुवाकोटका हुन् ।

प्रकाशित : १२ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह