Logo

सेयर बजार

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर विवाद मिल्यो, १०५ प्रतिशत संस्थापक हकप्रद जारी हुने


appharu
   ११ बैशाख २०७५, मंगलबार


काठमाडौं, ११ वैशाख । एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरसम्बन्धी विवाद अन्त्य भएको छ । कम्पनीका सेयरधनीहरुले आफूहरुसहित कोही पनि संस्थापक नरहेको दावी गर्दै आएपछि लामो समयदेखि इन्स्योरेन्सको पुँजी वृद्धिमै समस्या हुँदै आएको थियो ।
अब भने सेयरधनीहरु संस्थापक हकप्रद सेयर खरिद गरेर संस्थापक सेयरधनी बन्न राजी भएका छन् । कम्पनीको २३ औं बार्षिक साधारण सभाले दश प्रतिशत बोनसपछि १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीका सेयरधनी संस्थापक सेयरधनी बन्ने भएका हुन् ।

निर्णयअनुसार इन्स्योरेन्सले हाल कायम पूँजीको दश प्रतिशत अर्थात एक करोड २१ लाख ५० हजार रुपैयाँको बोनसपछि कायम पूँजीमा १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्नेछ । साधारण सभाले हाल कायम चुक्तापूँजीमा ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने गरी १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी प्रस्ताव अनुमोदन गरेको हो।

स्थापक हकप्रदपछि कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय समेत पारित गरेको छ । बोनस र दुई चरणको हकप्रद पश्चात कम्पनीमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने छ । कम्पनीको पहिलो चरणको हकप्रद सबै संस्थापक हुनेछ भने दोस्रो चरणको हकप्रद संस्थापक तथा साधारण सेयरधनीलार्इ विक्री गरिनेछ ।

बिमा समितिको निर्देशन बमोजिम कम्पनीले संस्थापकको ५१ तथा साधारण सेयरधनीको ४९ प्रतिशत शेयर हिस्सा कायम गर्न लागेको हो । साथै कम्पनीको २२ औं साधारण सभाबाट पारित भएको ६०० प्रतिशत हकप्रद प्रस्तावलाई खारेज गरेको छ ।

दश प्रतिशत बोनस कम्पनीको चुक्ता पँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ पुगेको छ । अब कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको एक सय पाँच प्रतिशत ९१ः१।०५० अनुपातमा संस्थापक हकप्रद सेयर हाल कायम रहेका सेयरधनीहरुलाई जारी गर्नेछ ।

कम्पनीले १४ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको संस्थापक हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । साथै यसपश्चात कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको हिस्सा अनुपात ५१:४९ प्रतिशत कायम हुनेछ ।

त्यसपश्चात कम्पनीले सबै सेयरधनीहरुलाई तीन सय प्रतिशत ९१ः३ ० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३०० रुपैयाँ कायम हुनेछ । ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह