Logo

राजनीति

श्रीलंकाद्वारा विदेशी ऋण भुक्तानी रोक्का


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


श्रीलंकाले अस्थायी रूपमा विदेशी ऋण भुक्तानी रोक्का गरेको छ ।

औषधि र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको आयातको लागि भुक्तान गर्न आवश्यक परेको विदेशी सञ्चिति घट्दै गएपछि श्रीलंकाले यस्तो कदम चालेको हो । ईन्धन जस्ता अत्यावश्यक वस्तुहरू आयात गर्न आफ्नो घट्दो विदेशी मुद्रा भण्डार प्रयोग हुने भएकाले बाह्य ऋण तिर्न चुनौतीपूर्ण र असम्भव भएको श्रीलंकाको केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै गभर्नर पी नन्दलाल वीरासिङ्घेले भने, ‘अर्थतन्त्र यस्तो बिन्दुमा आएको छ कि ऋण भुक्तानी गर्न चुनौतीपूर्ण र असम्भव छ। सबैभन्दा राम्रो कदम भनेको ऋणको पुनर्संरचना गर्नु र कडा डिफल्टबाट बच्नु हो ।’

वीरासिङ्घेले ऋणदातासँगको सम्झौता र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको ऋण कार्यक्रमको सहयोगमा देशले सम्झौता नगरेसम्म भुक्तानी रोक्का गर्ने बताए । श्रीलंकाले सोमबार आपतकालीन ऋणका लागि विश्वव्यापी ऋणदातासँग औपचारिक वार्ता सुरु गरेको छ ।

श्रीलंकाको वैदेशिक ऋण ५१ अर्ब डलर छ र यो वर्ष करिब ७ अर्ब डलर तिर्न बाँकी छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह