Logo

राजनीति

कांग्रेस युवा नेता सत्याल रहेनन्


GDP Nepal
   ५ बैशाख २०७९, सोमबार


काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

सत्यालले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको स्ववियु पदाधिकारी भएका थिए। उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए ।

स्वर्गीय सत्यालको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह