काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १९.७० अंकले बढेर दुई हजार ८५१.०९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ११, विकास बैंक ५५, फाइनान्स २८, होटल तथा पर्यटन ७५, हाइड्रोपावर २९, जीवन बीमा ६८, उत्पादन २०२, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ८७ र व्यापार उपसमूह २९ अंकले बढेको छ । त्यस्तै, आज अन्य उपसमूह १२ अंकले घटेको छ ।
आज रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाईन इनर्जी र होटल फरेष्ट इनको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ८.९६ प्रतिशतले घटेको छ ।
यस दिन ३३९ कम्पनीको दुई करोड ७९ लाख कित्ता सेयर ११ अर्ब ११ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया