Logo

कर्पोरेट-बजार

स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पाको न्यूरोडमा


appharu
   १५ आश्विन २०७५, सोमबार


काठमाडौं । स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ ।

सोमबारदेखि काठमाडौंको मुटु पाकोमा प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट स्मार्टका ग्राहकहरुले स्मार्टका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी सहजै प्रदान गर्नुका साथै ग्राहकहरुलाई आफ्नो ब्राण्ड एक्स्पेरियन्सको जीवन्त अनुभूति प्रदान गर्ने कम्पनीको भनाइ छ ।

हालै शुभारम्भ गरिएको स्मर्ट सेन्टरको समुद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरे । कार्यक्रमका सिलसिलामा राजभण्डारीले ग्राहकहरुलाई सहज पहँुच एवं कम्पनीको गुणस्तरीय सेवा प्रदान गर्नुन नै यस सेन्टरको प्रमुख ध्येय रहेको कुरा उल्लेख गरे ।

स्मार्ट टेलिकमले हालै आफ्नो खुसीलाई डबल गर्नुहोस् भन्ने उद्देश्य सहित “डबल योर ह्याप्पिनेस” भन्ने योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ९९ रुपैयाँमा स्मार्टको सिमकार्ड खरिद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्नसकिने र दुबै सिममा १ जिबि डाटा पनि उपलब्ध छ ।

यसका साथै, स्मार्टले आकर्षक दरमा डाटा प्याकहरु, अन्तर्राष्ट्रिय दुरसञ्चार सेवा, भ्वोइस तथा एस एम एस प्याकहरु प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडांै तथा पोखरामा उत्कृष्ट फोज जी सेवा प्रदान गर्दै आइरहेको छ ।
विभिन्न सुलभदरहरुमा ग्राहकहरुको आवश्यकता अनुसार सानादेखि ठूला फोर जी डाटा प्याकहरु पनि प्रदान गर्दै आएको छ ।

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ ।

कम्पनीले काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा फोरजी सेवा प्रदान गरिसकेको छ ।

प्रकाशित : १५ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह