Logo

राजनीति

पत्रकार बोहोरालाई देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कार


GDP Nepal
   ६ बैशाख २०७९, मंगलबार


पाँचथर । पाँचथरका पत्रकार दीपक बोहोराले स्व. देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल प्रेस यूनियन पाँचथर शाखाको छैटौं साधरण सभाको अवसरमा सोमबार बोहोरासहित ४ पत्रकार जनही १० हजार रुपैयाँको राशीसहित पुरस्कृत भएका हुन् ।

पत्रकार दीपक बोहोरासँगै संगीता सुहाङ, रमेश गुरुङ र कुमार खड्का पनि सम्मानित भएको प्रेस युनियन पाँचथर शाखाले जनाएको छ ।

बोहोरा पाँचथरमा करिब एक दशकयता संक्रिय पत्रकारिता पेशामा छन् । उनी कारोबार दैनिक पाँचथर संवाददाता, हाम्रो खेलकुद प्रदेश १ संवाददाता, केन्जोखबर सहसम्पादकका साथै फिदिम टुडे संस्थापक प्रकाशकसमेत हुन् ।

२०७१ सालमा स्थापना भएको स्वर्गिय देउमान केरुङ स्मृति पत्रकारिता पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आएको छ । उक्त पुरस्कार राशीको अक्षयकोष आफ्ना बुबाको स्मृतिमा नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरूङ, सुरेन्द्र शिसिर केरूङ र ज्ञानेन्द्र केरूङले खडा गरेका हुन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह