Logo

सेयर बजार

हकप्रदपछि कुमारी बैंकको सेयरमूल्य २५६ रुपैयाँ


appharu
   ११ बैशाख २०७५, मंगलबार


काठमाडौं, ११ वैशाख । कुमारी बैंकको २० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको छ । जसअनुसार बैंकले २० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । सोमबार नेप्सेमा २० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन भएको भएको छ ।

समायोजित मूल्य प्रतिकित्ता २५६ रुपैयाँ कायम भएको छ भो आधारमूल्य ३०३.९२ रुपैयाँ छ । बैंकले बैंशाख २८ गतेदेखि हाल कायम पूँजीको २० प्रतिशत अर्थात १० बराबरको दुई कित्ता अनुपातमा एक करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद जारी गर्नेछ ।

वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भएर कायम रहेका शेयरधनीले हकप्रद सेयरमा आगामी जेठ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको हालको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ। हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण शेयरधनीको स्वामित्व ४९ प्रतिशत र संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम हुनेछ।

राष्ट्र बैंकले तोकेकोे ८ अर्ब रुपैयाँ पुर्याउन अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह