Logo

राजनीति

चीन-नेपाल रेलसेवा सपना होइन यथार्थ हाे, अध्ययन हुँदै छ : यान्छी


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले चीन-नेपाल रेल सेवाको सम्भाव्यता अध्ययन भइरहेको बताएकी छन् ।

बिहीबार दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले नेपालमा रेल सपना नभई यथार्थमा आउने बताउँदै विज्ञहरुले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिएकी हुन् ।

‘रेल लिंकको विषयमा वैज्ञानिक सम्भाव्यता अध्ययन हुनुपर्छ । म कूटनीतिज्ञ हुँ । त्यस विषयमा विज्ञ होइन । सम्भाव्यता अध्ययन विज्ञहरुले गरिरहेका छन् । सबै विषय सहज रुपमा गए अध्ययनको विषयमा ५-६ वर्षमा सम्पन्न हुनेछ ’ उनले भनिन् ।

हिमाली क्षेत्रको वातावरण कमजोर भएकाले वैज्ञानिक रुपमै रेल सञ्चालनको सम्भावना अध्ययन गर्नुपर्ने जनाउँदै उनले भनिन् ‘यो विश्वकै सबैभन्दा कमजोर वातावरण भएको ठाउँ हो, वैज्ञानिक रुपमा सम्भावना अध्ययन हुनुपर्छ । रेल सपना होइन यथार्थमा आउँछ ।’

यस्तै, सम्मेलनमा बोल्दै उनले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा चिनियाँ लामो समयदेखि आयोजनाको तयारी गरिरहेका लगानीकर्ता समस्यामा परेको उनले बताइन् ।

‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ। सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ,’ यान्छीले भनिन्,‘यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ।’

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह