Logo

Sub-banner

राजनीतिक माहोलसँगै नेप्से ९५.४६ अंकले बढ्यो


GDP Nepal
   ११ बैशाख २०७९, आइतबार


काठमाडौं । सेृयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि मनोनयन दर्ता गर्ने दिनमा सेयर बजारमा भारी वृद्धि आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सेयर बजारको यो वृद्धि वैशाख ३० गते स्थानीय तहको निर्वाचनसम्म रहनेमा धेरै आशावादी छन् ।

आइतबार सेयर बजार सूचक ९५.४६ अंकले बढेर परिसूचक २४२०.९१ बिन्दुमा पुगेको छ । आइतबार २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन बजारसँगै कारोबार रकम पनि बढेको छ । २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरका ६६ लाख ३९ हजार ५०४ कित्ता किनबेच भएका छन् ।

समूहको उपसूचकमा पनि हरियाली छाएको छ । बैंकिङ ४२.१२, विकास बैंक २६२.३७, वित्त १४३.६७, जलविद्युत १८९.०८, जीवन बीमा ४२३.३७, माइक्रोफाइनान्स १७९.४२, निर्जीबन बीमा समूहको उपसूचकमा ४३४.३७ अकको सुधार आएको छ ।

आइतबार कारोबार भएका करिब ३ दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा नकारात्मक सर्किट लागेको छ भने नेष्डो समृद्ध लघुवित्त, लक्ष्मी बैंकको ऋणपत्रमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह