Logo

राजनीति

देउवाको गृह जिल्लामा कांग्रेसले उठायो २९ वर्षिय युवा मेयर


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


कांग्रेसले डडेल्धुराको परशुराम नगरपालिकाको मेयर पदमा युवा नेता भरत बडायर जोशीलाई उम्मेदवारमा मनोनयन गरेको छ ।

कांग्रेसले बेइजिङको चाइनिज एकेडेमी अफ साइन्स विश्वविद्यालयबाट वायुमण्डल भौतिकशास्त्रमा स्नातकोत्तर गरेका, २९ बर्षिय युवालाई मेयरमा उठाएको हो । जोशी परशुराम नगरपालिकाका नगर सभापति समेत हुन् । सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि उनी एक वर्ष नेपाल युवा संस्था संजाल नेपाल (आयोन)मा उद्धार तथा राहतका कार्य समेत सामेल भएका थिए । उनले सन् २०१६ देखि २०१८ सम्म नेपाल युवा संस्था संजाल (आयोन)को महासचिवको रुपमा सिंगो नेपालीयुवाहरुको नेतृत्व समेत गरेका थिए ।

उनले कोभिड–१९ को पहिलो लहरमा सुदूर पश्चिममा रहेका दिर्घरोगी तथा वृद्धवृद्धाहरूका लागि निःशुल्क औषधि वितरण र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेका थिए ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह