Logo

सेयर बजार

लगानीकर्तालाई हकप्रद सेयरको चटारो


appharu
   ११ बैशाख २०७५, मंगलबार


काठमाडौं, ११ वैशाख । सेयर लगानीकर्तालाई यतिबेला हकप्रद सेयर खरिद गर्ने चटारो परिरहेको छ । १ सय रुपैयाँमै सेयर किन्न पाउने अवसर भएकाले हत्तपत्ती कसैले पनि यो अवसर छाड्न चाहाँदैनन् ।

यतिबेला हकप्रद जारी गरिरहेका कम्पनीहरुमा , नेरुडे लघुवित्त, टुरिजम् डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, प्रभू इन्स्योरेन्स, सिटिजन्स् बैंक, र लक्ष्मी बैंक रहेका छन् ।

प्राप्त सूचनाअनुसार चैत १३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशन गररहेको टुरिजम डेभलपमेण्ट बैंकको हकप्रद आबेदन बैशाख १७ गते बन्द हुँदैछ भने चैत १४ देखि निष्काशन भैरहेको नेरुडे लघुवित्तको ५० प्रतिशत हकप्रद बैशाख १७ गते निष्काशन बन्द हुँदैछ ।

यस्तै, एनआईसी एशिया बैंकले चैत १६ गतेदेखि १५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । बैशाख १९ गते बैंकको हकप्रद निष्काशन बन्द हुँदैछ । सिटिजन्स बैंकले पनि चैत २४ गतेदेखि निष्काशन गरिरहेको २५ प्रतिशत हकप्रद बैशाख २७ गते बन्द हुँदैछ ।

यता, प्रभु इन्स्योरेन्सले चैत ३० गतेदेखि निष्काशन गरिरहेको ५० प्रतिशत हकप्रद जेठ २ गते बन्द हुँदैछ । लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म शतप्रतिशत हकप्रद निष्काशन गरिरहेको छ ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह