Logo

राजनीति

काठमाडौंमा लिड गर्दै बालेन्द्र साह, स्थापित १ हजार १७४ मतले पछाडि


GDP नेपाल
   १ जेष्ठ २०७९, आइतबार


काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले अग्रता कायम गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार साहले २६ सय १ मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।

यस्तै, उनलाई पछ्याउँदै दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले १४ सय २७ मत प्राप्त गरेका छन् । 

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ सय ५९ मत पाएकी छन् । राप्रपाका मदनदास श्रेष्ठले १६५ मत पाएका छन् भने स्वतन्त्रबाट उम्मेद्वार दिएका सुमन सायामी १६५ र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले २३ मत पाएकी छिन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह