Logo

राजनीति

भीमबहादुर तामाङको गाउँमा कांग्रेस पराजीत, ईश्वरराज कार्की भारी मतले विजयी !


GDP Nepal
   १ जेष्ठ २०७९, आइतबार


काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका वडा नं. २ झूलेमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार तेस्रो स्थानमा सीमित भएका छन् ।

पार्टीका स्थानीय कार्यकर्ताले रुचाएका ईश्वरराज कार्कीलाई टिकट नदिइ जिल्ला सभापति बर्मा लामाले प्रकाश पाख्रिनलाई टिकट दिएका थिए ।

झूले कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको गाउँ हो भने पराजीत कांग्रेस उम्मेदवार प्रकाश पाख्रिन स्व. तामाङकै भतिजा हुन् ।

कार्कीले ५५२ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मीनबहादुर तामााङले ३६४ मत पाउँदा कांग्रेस उम्मेदवार पाख्रिन १२३ मतमा सीमित भए ।

जिल्ला सभापति लामाले स्वतन्त्र समूहबाट विजयी कार्कीसहित दर्जन बढी कार्यकर्तालाई पार्टीबाट कारबाही गरेका छन् भने महाधिवेशन प्रतिनिधि भवेन्द्र कार्कीलाई स्पष्टीकरण सोधेका छन् ।

आइतबार प्रकाशित नतिजाअनुसार वडा नं. २ को परिणाम मिश्रित आएको छ । स्वतन्त्र समूहबाट वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र एक खुला सदस्य निर्वाचित भए भने एक खुला सदस्य नेकपा एमालेबाट निर्वाचित भएका छन् ।

वडाध्यक्षमा निर्वाचित कार्की पूर्व विद्यार्थी नेता हुन् । उनी २०५५ सालमा पशुपति क्याम्पस नेपाल विद्यार्थी संघको ईकाइ अध्यक्ष भएका थिए । हाल जनप्रभाव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनी विद्यालय सुधारक तथा स्वच्छ छविका कारण लोकप्रिय छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह