काठमाडाैं, नेपालीहरुको महान चाड दशैलाइ लक्षित गर्दै यसवर्ष पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाएको छ ।
दशैलाइ मात्रै राष्ट्र बैंकले १३ अर्बका नयाँ नोट बजारमा पठाउन लागेको हो । काठमाडौं उपत्यकामा करिब २२ ठाउँमा नोट साट्न पाउने ब्यवस्था मिलाएको छ ।
राष्ट्र बैकका अनुसार आइतबारबाट २९ गते फूलपातीसम्म ग्राहकहरुले नयाँ नोट साट्न पाउने छन् । नोट साट्न सजिलो होस् भनेर यसपटक राष्ट्र बैंकले तीन सरकारी बैंक तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा मिलाएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैक अनुसार नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखाबाट नयाँ नोट साट्ने पाइने छ भने राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट नयाँ नोट साट्न पाइने छ ।
यस वर्ष १३ अर्बको नयाँ नोट बजारमा पठाउने राष्ट्र बैंकको जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रति ब्यक्तिले ५, १०, २० र ५० रुपैयाँ दरका दुई दुई पाकेट र सय रुपैयाँ दरका एक पाकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म नोट साट्न पाइने छ ।
उपत्यका बाहिर राष्ट्र बैंकको विराटनगर, जनकपूर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु तथा राष्ट्र बैंकको नोटकोष रहेका बाणिज्य बैंक शाखाहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक मार्फत नयाँ नोट सटही गरिने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।
प्रतिक्रिया