Logo

राजनीति

काठमाडौँमा साहको अग्रता कायमै, ५ हजार ९५६ मतले पछाडि स्थापित


GDP नेपाल
   ३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले अग्रता कायम गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार साहले ११ हजार १३ मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।

यस्तै, उनलाई पछ्याउँदै दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ९५६ मत प्राप्त गरेका छन् । स्थापित पहिलो स्थानमा रहेका साह भन्दा ५ हजार ५७ मतले पछाडि छन् ।

यस्तै, गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार २११ मत पाएकी छन् । सिंह दोस्रो स्थानमा रहेका स्थापित भन्दा ७४५ मतले पछाडि परेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत पाएका छन् भने स्वतन्त्रबाट उम्मेद्वार दिएका सुमन सायामी ६३३ र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ७८ मत पाएकी छिन् ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह