Logo

कर्पोरेट-बजार

‘तहल्का’ टुरिष्ट बसको टिकट अनलाइनबाटै काट्न सकिने


appharu
   २१ आश्विन २०७५, आइतबार


काठमाडौं । पर्यटकीय नगरी पोखरामा उत्कृष्ट र गुणस्तरिय यातायात सेवा प्रदान गर्दै आएको तहल्का ट्राभल्स् एण्ड टुर्सद्वारा सञ्चालित तहल्का बसको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ ।

विगत लामो समयदेखि सञ्चालित पर्यटकिय बस सेवा कम्पनी तहल्का पूर्ण रूपमा अटोमेशनमा गएसँगै अनलाईनबाट टिकट काट्न सकिने भएको हो ।

ट्राभल्स्ले दियालो टेक्नोलोजिजले उत्पादन गरेको बि–सफ्ट नामक सफ्टवेयर प्रयोगगरी बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । ट्राभल्स्का सञ्चालक जनकराज तिमल्सेनाले अबदेखि यात्रुहरू टिकट काट्नकै लागि काउन्टरसम्म धाएर समय र अतिरिक्त रकमको खर्च हुने परिपाटिको अन्त्य गर्न अनलाईन सेवा प्रदान गरेको बताए ।

उनले भने, “प्रविधिको प्रयोगबाट मुलुकमा धेरै किसिमका सहजता आइसकेको अवस्थामा बसको टिकट काट्न परम्परागत रूपमै काउन्टरसम्म पुग्नु भनेको अहिलेको प्रविधिको युगमा सहाउँदो होइन, अबदेखि यात्रुहरूले आफ्नै मोबाईल र ईन्टरनेटबाट टिकट काट्न सकुन् भन्ने उदेश्यले अनलाइन टिकटिङको सेवा दिएका हौँ ।”

तहल्का ट्राभल्स् एण्ड टुर्स द्धारा सञ्चालित तहल्का टुरिष्ट बस काभ्रेको धुलिखेल र भक्तपुरदेखि देखि कास्कीको पोखरासम्म र पोखरादेखि धुलिखेल र भक्तपुरका लागि छुट्ने गर्दछ ।

अनलाइन टिकटटिङसँगै अबदेखि यात्रुहरूले तहल्का बस डटकम डट एनपी अथवा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सिधै टिकट काट्न सकिनेछ ।

यसैगरी यात्रुहरूले अनलाइन टिकट काटिसकेपछि आइएमइ पे, आइपे, एससिटी कार्ड लगायतका पेमेन्ट गेटवेका साथै अधिकांश बैंकका मोबाईल बैंकिङ तथा ईन्टरनेटबैंकिङ मार्फत् रकम भुक्तानी गर्न सक्नेछन् ।

तहल्का टुरिष्ट बसमा पर्यटक बसमा हुनुपर्ने सबै मापदण्ड अपनाइएको छ । जहाँ एसी, एलइडी टि.भि.पानीको बोतल, फ्रुट केक, आरामदायी सिट लगायतका सुविधा उपलब्ध रहेका छन् ।

प्रकाशित : २१ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह